लोकन्थलीमा शव वाहन र मोटरसाइकल ठक्कर खाँदा आगलागी

भक्तपुर, चैत्र ९। भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा आगो लागेर मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भएका भेषकुमार श्रेष्ठको लोकन्थलीस्थित समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल बिहान लोकन्थलीमा ठोक्किएका थिए । शब वाहन चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय