Kath Khabar
जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै आज उच्च अदालत जाँदै पल शाह

तनहुँ, चैत्र १५। नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आज मंगलबार पुनरावेदनका लागि उच्च अदालत पोखरा जाँदै हुनुहुन्छ। 

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै उहाँले आज उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी गर्नुभएको हो । पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको पलका पक्षका कानुन व्यवसायीले बताउनुभएको छ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। गायिकालाई विवाह गर्ने भन्दै प्रेमको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update