Kath Khabar
सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु

काठमाडौं, चैत १६। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ। स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ। सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । दोषीलाई कारवाहीको माग गर्दै आक्रोसित स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update