लामो रुटका सवारी साधनको भाडा बढ्यो, आजैदेखि लागू हुने
काठमाडौं, चैत १९। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार आज चैत १७ गते देखि लागू हुने गरी यात्रुबाहक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको छ। सरकारले अन्तर प्रदेश चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढाएको विभागले जनाएको छ ।
इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । यात्रुबाहक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १३ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १५ प्रतिशत भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्योअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय