एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी छात्रा मृत फेला

उदयपुर, चैत २२। उदयपुर बेलका नगरपालिका-३ बुद्धचौक घर भएकी १५ वर्षीया छात्रा कविता सुनवार मृत भेटिएकी छिन् । एसईईको तयारीका लागि बिहान ४ बजे घरबाट ट्युसन पढ्न विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्रा कविता सुनवार उदयपुर बेलका नगरपालिका-३ मा मृत भेटिएकी प्रहरीले जनाएको छ ।
बिहान ७ बजेतिर स्थानीयवासीले जशोधा खोलाको किनारमा बालिकाको शव देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन। अनुसन्धानपछि विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८ १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय