Kath Khabar
पल शाहलाई थुनामा राख्न जिल्ला अदालत तनहुँको आदेश

 
     नवलपरासी, चैत्र २३। नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो। शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ । बैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

१४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । पीडित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभएको छ।

 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update