Kath Khabar
आजको मौसम: नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव


    काठमाडौं, चैत २६। हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही भू-भागमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भएको छ।

आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update