मानवअंग सहित पक्राउ परेका एमबीबीएसका विद्यार्थीलाई छाडिदिन बीपी प्रतिष्ठानको अनुरोध

मोरङ, चैत्र २९। मंगलबार मानवअंग सहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य सिन्हालाई छाडिदिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनुरोध गरेको छ ।
निज आदित्य सिन्हा प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्सा शास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यकता पर्ने हुँदा ल्याएकाले निजलाई घर जान अनुमति दिन अनुरोध गरेको हो।
सिन्हालाई मंगलबार रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ गरिएको थियो । उनीबाट मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८/८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १/१ वटा हड्डी बरामद भएको थियो।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८ ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय