काठमाडौं, वैशाख २। लोकप्रिय बलिउड गायिका सोनु कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत ‘नयाँ बर्षको’ को छेको पारेर सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ ।
प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री, प्रदिप लामा, सन्तोषी कार्की र मनिष श्रेष्ठले अभिनय गर्नुभएको छ । गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्वयंले निर्देशन गर्नुभएको हो । भारतीय गायिका साथै नेपाली दर्शको माग बमोजिमको गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा आफू विश्वस्त रहेको गायक मनिष श्रेष्ठले बताउनुभयो । नयाँ विशेष बनाउन सक्ने किसिमको गीत भएको बताउँदै उहाँले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताउनुभयो ।
बासु बरालको छायांकन, सियोन श्रेष्ठ कोरियाग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको छ । भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोषी कार्की, रोशनी तामाङ्ग, सानू कार्की, गणेश पराजुली, राम कडेल र मनिष श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतले समेत अभिनय गर्नुभएको छ ।
भिडियो लिंक
https://www.youtube.com/embed/MzwwdhmkY68