ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन जेठ १ गतेबाट खुल्ने

काठमाडौं, वैशाख ४। चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन अब जेठ १ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको थियो।
नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो । यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ । विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ ११:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय