इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन

सिन्धुपाल्चोक, वैशाख ४। इन्द्रावती गाउँपालिका-११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो ।
दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो ।
शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो ।
–––
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ २१:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय