Kath Khabar
बिस्का जात्रामा घट्यो दुखद घटना, रथ तान्ने क्रममा रथले च्यापिएर एकजनाको मृत्यु


      भक्तपुर, वैसाख ५। बिस्का जात्राको रथ तान्ने क्रममा आज रथले किचेर एक जनाको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज सोमबार रथलाई तान्दै लैजाने क्रममा भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेर कसपालको मृत्यु भएको हो।

मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.-५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल हुनुहुन्छ। रथले किचेर घाइते भएका कसपालको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अप्रिय घटना भए पनि सांस्कृतिक विधि अनुसार जात्रा भने नरोकिने स्थानीयहरूले बताए।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update