Kath Khabar
होटलको छतबाट लडेर पर्यटकको मृत्यु
फाइल तस्विर



      काठमाडौं, वैशाख ८। काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर हिजो एक पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update