सरकारको प्लास्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी
सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्यास्टिक झोला प्रतिबन्धलाई कडाई गर्दै

काठमाडौं, वैशाख ९। सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्यास्टिक झोला प्रतिबन्धलाई कडाई गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्याविधि कार्यन्वयन गर्ने तयारी गरेको छ ।
कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो । सरकारले अनुगमानका काम प्रभावकारी बनाउन समिति पनि गठन गरेको छ ।
व्यवसायी पनि प्लास्टिकको झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूका लागि नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनका लागि अपिल गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९ ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय