
काठमाडौँ, वैशाख ९। सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र सङ्गठनको नाम उच्च रहने गरी जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक केसीले टोलीलाई संयुक्त राष्ट्रसङ्घीय मिसनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाति, भाषा, धर्म र लिङ्ग नभनी विश्वशान्ति स्थापनाको कार्यमा आआफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिनुभयो ।
उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो । कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जुनियर अधिकृत र जवान गरी १८० सशस्त्र प्रहरी कर्मचारी वैशाख १२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।