Kath Khabar
पूर्वराजा ज्ञानेन्द्रलाई बहुमूल्य रत्न जडित श्रीपेच र राजदण्ड उपहार


       झापा, वैशाख १३। पूर्वराजा ज्ञानेन्द्र शाहलाई एकजना सुनचाँदी व्यवसायीले श्रीपेच र राजदण्ड उपहार दिनुभएको छ । सुनसरीको इटहरीमा नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आउनुभएका कर्णबहादुर विश्वकर्माले पूर्वराजा शाहलाई आफैंले बनाएको उपहार दिनुभएको हो ।

दुई वर्षअघि कोरोना संक्रमणले गर्दा भएको लकडाउनका बेला उहाँले ३ महिना लगाएर श्रीपेच र राजदण्ड बनाउनुभएको थियो । उक्त उपहार पूर्वराजालाई उपहार दिन नै भनेर बनाएको र श्रीपेचमा सुन, चाँदी, मोती लगायत बहुमूल्य रत्न जडान गरिएको विश्वकर्माले बताउनु भयो ।

आफू राष्ट्रवादी र राजसंस्थाको पक्षमा रहेको बताउँदै झापा आउनुभएको अवसरमा चन्द्रगढी विमानस्थलमा पुगेर उहाँलाई हस्तान्तरण गर्नुभएको हो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update