त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको आशंका

काठमाडौं, वैशाख २१। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।
अज्ञात व्यक्तिले शंकास्पद वस्तु रहेको भनेर फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको हो। शंकास्पद वस्तुको आशंकापछि विमानस्थलमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगिसकेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय