Kath Khabar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन



       काठमाडौं, वैशाख २१। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ ।

बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ । बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिनुभयो । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।
 

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update