ठमेलमा घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु

काठमाडौं, वैशाख २१। काठमाडौं महानगरपालिका-२६ ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुईमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय