दोलखा केन्द्रबिन्दु भएर परकम्प

काठमाडौं, वैशाख २२। दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ । आज बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।
यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ ०८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय