आजको मौसम : फेरि पानी पर्ने सम्भावना

काठमाडौं, वैशाख २२। काठमाडौंसहित देशका धेरै ठाउँमा गएरातीदेखि परेको पानी रोकिएको छ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ ।
गण्डकी प्रदेशका धेरैजसो ठाउँमा राति ठूलो वर्षा भएको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ ०८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय