Kath Khabar
स्थानीय तहको मतदानकै दिन देशैभरि कोरोना भाइरस विरुद्धको खोप

    काठमाडौं, वैशाख २३।  १८ वर्षमाथिको उमेरका ठूलो सङ्ख्याका मतदाता भोट खसाल्न मतदान केन्द्रमा गएका बेला खोप लगाउन छुटेकालाई लगाइदिने एउटा अवसर हुनसक्ने उनीहरूको भनाइ छ। त्यसैलाई मध्यनजर गरेर आफूहरूले उक्त दिनलाई चयन गरेको उनीहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्तासमेत रहेकी स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा. संगीता कौशल मिश्राले प्रेस ब्रिफिङका क्रममा बुधवार त्यस्तो तयारीको जानकारी दिएकी थिइन्। उनले भनेकी थिइन्, कोभिड १९ विरुद्धको खोपको पहिलो, दोस्रो वा बुस्टर मात्रा लगाउन छुट भएका १८ वर्षमाथिका नागरिकहरूलाई सबै स्थानीय तहको मतदान केन्द्रको नजिकमा खोप केन्द्र स्थापना गरी मतदान गरिसकेका मतदातालाई कोभिड १९ विरुद्धको छुट तथा बुस्टर खोप उपलब्ध गराउने तयारी भइरहेको छ।

मन्त्रालयको त्यस्तो तयारी अनुसार बिहीवार निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले बताएका छन्।

कति सम्भव :

निर्वाचन आयोगको तथ्याङ्क अनुसार देशभरि २१,९५५ मतदान केन्द्र रहेका छन्। ती मतदान केन्द्रमा खोप केन्द्र स्थापना गरेर खोप लगाउन सकिने भनेर स्थानीय तथा प्रदेश स्तरबाटै प्रस्ताव आएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक विवेककुमार लालले बताए।

उनले भने, हामीलाई स्थानीय र प्रदेश तहबाटै यस्तो गर्न सकिन्छ भनेर प्रस्ताव आयो, त्यसमाथि छलफल गर्‍यौँ र यो एउटारदुईवटा प्रदेशमा मात्रै भन्दा पनि राष्ट्रिय स्तरमै गर्न उपयुक्त देखेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका हौँ। खोप कार्यक्रमका लागि खोप पुर्‍याउने देखि खोप केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्नेसम्म सबैखालका व्यवस्थापन स्थानीय तहले पहिला गरेकै तरिकाबाट हुने उनले बताए।

प्राविधिक रूपमा खोप पुर्‍याउन वा जनशक्ति परिचालनका लागि स्रोतसाधनको अभाव हुँदैन। व्यवस्थापकीय पक्षचाहिँ स्थानीय तहबाटै हेर्नुहुन्छ। विगतमा जस्तो चुनावी प्रयोजनका लागि स्वास्थ्य अधिकारीहरूलाई यसपटकको चुनावमा परिचालन नगरिएका कारण जनशक्ति परिचालनमा समस्या नहुने अधिकारीहरूले बताएका छन्।
खोप कार्यक्रमका लागि खोप पुर्‍याउने देखि खोप केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्नेसम्म सबैखालका व्यवस्थापन स्थानीय तहले पहिला गरेकै तरिकाबाट हुने उनले बताए।

उनले भने, प्राविधिक रूपमा खोप पुर्‍याउन वा जनशक्ति परिचालनका लागि स्रोतसाधनको अभाव हुँदैन। व्यवस्थापकीय पक्षचाहिँ स्थानीय तहबाटै हेर्नुहुन्छ। विगतमा जस्तो चुनावी प्रयोजनका लागि स्वास्थ्य अधिकारीहरूलाई यसपटकको चुनावमा परिचालन नगरिएका कारण जनशक्ति परिचालनमा समस्या नहुने अधिकारीहरूले बताएका छन्।

कति खोप बाँकी :

मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता प्राप्त भएको करिब ५ करोड ३४ लाख खोप मध्ये अहिलेसम्म झण्डै ४ करोड २० लाख मात्रा खोप लगाइसकिएको छ। बाँकी खोपमध्ये केही खेर गएको भए पनि अझै करिब १ करोड मात्रा खोप खपत गर्नै बाँकी रहेको मन्त्रालयले जनाएको हो। नेपाल आइसकेका खोप प्रयोग गर्नै बाँकी रहेको र अझै खोप आउने क्रममा रहेकाले अहिले खोप खरिदलाई भन्दा खपतलाई प्राथमकितामा राखिएको मन्त्रालयले जनाएको छ।

अहिले भने मन्त्रालयका अनुसार सरदर दैनिक १ लाख मात्रा खोप लगाइने गरेको छ। पहिलो र दोस्रो मात्रा खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड समेत लिएर जान मन्त्रालयले अनुरोध गरेको छ।

परिचयपत्र नभएका व्यक्तिले स्वयम् वा अभिभावकले परिचयपत्र वा उमेरको घोषणा गरेको आधारमा पनि खोप दिने व्यवस्था गरिँदै आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update