Kath Khabar
नेपाल चेम्बर अफ कमर्सद्धारा सरकारी अस्पतालहरुलाई स्वास्थ सामाग्री हस्तान्तरण

काठमाडौं, जेठ ५ । नेपाल चेम्बर अफ कमर्शको तर्फबाट चेम्बका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्नु हुँदै चेम्बरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्नु हुँदै चेम्बरलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । साथसाथै चेम्बरका अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ्य सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गर्नुभएको थियो ।

त्यसै गरी चेम्बरका अध्यक्ष मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेशन सेन्टर गोंगबुको लागि पनि स्वास्थ्य सम्बन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा. क्याप्टेन मुक्तिनाथ शाखीलाई हस्तान्तरण गर्नुभयो । आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेकाछन् ।

अध्यक्ष मल्लले चेम्बरले केहीदिनमा सरकारी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेट उपलब्ध गराइने तयारी हुँदै गरेको बताए । उक्त अवसरमा चेम्बरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजक दीपककुमार मल्होत्रा, चेम्बरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update