श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइँदै
जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।

काठमाडौं, वैशाख २८ । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं आइरहेको छ ।
त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ । जहाज क्याप्टेन बी.राजवंशीले उडाइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय