Kath Khabar
स्याङ्जाको वालिङमा जीप दुर्घटना, १३ को मृत्यु, १२ जना घाइते



      वालिङ, वैशाख  ३०। आज बिहान स्याङ्जाको वालिङ-१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार वालिङ-१४ को पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार १३ जनाको मृत्यु भएको हो भने १२ जना घाइते छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।

घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतक तथा घाइतेको नामावली प्राप्त भइसकेको छैन ।
 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update