Kath Khabar
नेपाली सेनाले यसरी गरेको थियो सेती नदीको खाेंचमा खसेका थापाको उद्धार


       काठमाडौं, जेठ १ । नेपाली सेनाले सेती नदीको खोंचमा खसेका एक व्यक्तिको उद्धार गरेको छ । यही वैशाख ३० गते पोखरा महानगरपालिका वडा नं. ७ घारिपाटनस्थित सेती नदिको किनारमा एक जना पुरुष (प्युठान जिल्ला, गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँ गाउँ बस्ने, वर्ष ३२ को बिशाल थापा मगर) माछा मार्ने क्रममा चिप्लिएर सेती नदिको खोंच (करिब २०/२५ मिटर तल) मा फसेको अवस्थामा नेपाली सेनाको डिजास्टर ए्यासिसटेन्स रेस्पोन्स टिम (डिएआरटी) नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा, विशेष ईक्युप्मेन्टबाट रोप बनाई  र्याप्लिङ गरी उद्धार गरेको हो ।

उद्धार गरिएका थापाको दाहिने खुट्टा भाँचिएको अवस्थामा रहेको हुँदा, नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार गरी, थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको नेपाली सेनाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update