Kath khabar
तनाव कम गर्ने घडी आकारको यन्त्र निर्माण

 

 न्युयोर्क, जेठ १। अमेरिकी न्यूरो साइन्स कम्पनी एपोलोले मानिसको तनावलाई कम गर्ने ‘स्ट्रेस रिलिफ वेयरेबल डिभाइस’ निर्माण गरेको छ ।
प्रयोगकर्तालाई तनावको समयमा रिल्याक्स प्रदान गर्न, राम्रो निद्रा र अन्य दिमागी अवस्थालाई सन्तुलन बनाउन यो डिभाइसले काम गर्ने जनाइएको छ । नाडीमा लगाउने घडी आकारको यो डिभाइसले ‘टच थेरापी’ अर्थात् शरीरको छालालाई छोएर गरिने थेरापी पद्धतिलाई अपनाएको छ ।
यो थेरापी पद्धति मानिसको न्यूरो सिस्टमसँग सिधै जोडिने हुँदा यसले प्रयोगकर्ताको तनावलाई कम गर्न निकै मद्दत पुग्ने जनाइएको छ । यो डिभाइसको मूल्य ३१५ डलरमाथि पर्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update