विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको ज्यान गयो
प्रहरीका अनुसार छतमा बसेकाहरूलाई बिजुलीकाे तारले छुँदा करेन्ट लागेको हो ।

सल्यान, जेठ २ । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । गाडीमा करेन्ट लाग्दा १५ जना घाइते भएका छन् । करेन्ट लागेर ज्यान गुमाउनेमा सल्यानकाे कुमाख गाउँपालिका ४ का गाेपाल बुढाथाेकी र लाेकेन्द्र राना रहेका छन् ।
सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो । बिजुलीको तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छतमा बसेकाहरूलाई बिजुलीकाे तारले छुँदा करेन्ट लागेको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । ज्यान गुमाएकाको परिचय खुलेको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १३:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय