Kath Khabar
रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए



        रोल्पा, जेठ ५। रोल्पा कारागारमा गए राति एक पुरुष  कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।  

सुर्खेतको बराहताल गाँउपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।
 

(रासस)

 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update