Kath Khabar
आज देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

      काठमाडौं, जेठ ८। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update