Kath Khabar
चुनाव जितेको भोलिपल्टै डोजर लिएर काममा खटिए अध्यक्ष

     हेटौंडा,  जेठ ९।  हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगम चोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् ।

वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँछन् । कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवार सहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update