Kath khabar
नेपाली सांसदहरुद्वारा सौन्दर्य प्रतियोगिताहरु बन्द गर्न माग 

  

नेपालका सांसदहरुले देशमा सौन्दर्य प्रतियोगिता बन्द गर्न सरकारसँग माग गरेका छन् ।करिब आठ वर्षअघि एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि यो माग आएको हो । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले यस्ता कार्यक्रममा प्रतिबन्ध लगाए पनि राज्यले केही गुमाउने छैन भनेर भन्नु भएको छ ।

‘विगतमा पनि हामीले यस्ता घटनाबारे राज्यले गम्भीर भएर सोच्नुपर्छ भनेका थियौं,’ उनले भनिन्, ‘यदि यसले राज्यलाई हित गर्दैन भने रोक्न मजबूर हुने छौ  । यसैबीच, सांसदहरुले नेपालमा बलात्कारका घटनामा हदबन्दीको विधान खारेज गर्न माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update