प्रहरीको बलमा आज बाट बन्चरेडाँडामा काठमाडौंको फोहोर बिसर्जन सुरु
बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएपनि बल प्रयोग गरेर भए पनि आज बन्चरेडाँडामा फोहोर बिसर्जन गरेको हो ।

काठमाडौं, जेठ १० । बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा आजदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन सुरु भएको छ ।
आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटमा फोहोर बिसर्जन गरेको हो ।
बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो ।
स्थानीय वासीहरुले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएपनि बल प्रयोग गरेर भए पनि आज बन्चरेडाँडामा फोहोर बिसर्जन गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय