Kath Khabar
इन्धनको मूल्य बढेसँगै फेरि बढ्यो गाडी भाडा


           काठमाडौं, जेठ १०। नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा फेरी बढाएको छ । यसअघि विभागले जेठ ४ गते भाडा वृद्धि गरेको थियो । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।

अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको  हो । लोकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन ।  विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २‍ दशमलव १ प्रतिशतले भाडा बढेको छ । त्यस्तै मालबाहक सवारीसाधनमा २‍ दशमलव ७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य बढेमा थप बढ्नेछ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update