ग्यास बुलेटमा लागेको आगो नियन्त्रणमा आएपछि नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
चितवन, जेठ १३ । ग्यास बुलेटमा लागेको आगो नियन्त्रणमा आएपछि नारायणगढ-मुग्लिन सडक खण्ड खुलाईएको छ । बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट बुलेटको क्याबिन र अगाडिको टायरमा क्षति पुगेको र बुलेटमा रहेको ग्यास भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा दिउसो करिब १ बजे गुडिरहेको बुलेटमा आगलागी भएको थियो। युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको श्रीराम ग्यासको बुलेटमा आगो लागेको हो।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय