काठमाडौंसहित देशका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना

काठमाडौं, जेठ १४। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेशको गोरखा र तनहुँ आसपासका क्षेत्रमा पानी परिरहेको छ ।
दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९ ०८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय