२ इजरायली पर्यटकको इजिप्टमा गोली हानेर हत्या
आइतबार, असोज २१, २०८०
इजरायल माथि हमासको आक्रमण २५० जनाभन्दा धेरैको ज्यान गयो, ९ नेपाली घाइते
आइतबार, असोज २१, २०८०
तेल अबिबस्थित नेपाली राजदूतावासले ९ जना नेपाली घाइते भएको पुष्टि गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । अन्य केही आक्रमणकारीको घेराबन्दीमा परेको समेत दूतावासले जनाएको छ ।

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते
आइतबार, असोज २१, २०८०
भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ ।

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई
शुक्रबार, असोज १९, २०८०
इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई
बिहीबार, असोज १८, २०८०
सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फ्रान्समा उडुस आतङ्क
बिहीबार, असोज १८, २०८०
पछिल्लो केही वर्षयता उडुस फ्रान्सको राष्ट्रिय समस्या नै बनिरहेको छ । चाहे घर होस् वा अस्पताल अनि सिनेमाघर होस् वा रेल, सबै ठाउँमा उडुसको आतंक छ ।
गुगलको भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ भारतबाट शुरु
शुक्रबार, असोज १२, २०८०
गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।

मस्जिद नजिकै विष्फोट हुँदा ७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
शुक्रबार, असोज १२, २०८०
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।
अजरबैजानको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय भन्दा धेरै घाइते
मंगलबार, असोज ९, २०८०
३ सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ ।

शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै
शुक्रबार, असोज ५, २०८०
विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एशिया ओलम्पिक काउन्सिलका अनुसार २०२२ मा स्थगित भएको १९औँ एसियाली खेलकुद २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्ममा सारिएको थियो।

स्वीट्जरल्याण्डमा महिलालाई बुर्का लगाउन प्रतिबन्ध
शुक्रबार, असोज ५, २०८०
नियम उल्लंघन गरे १,००० स्विस फ्रांक्ससम्म जरिवाना हुने ।
साताको लोकप्रीय