४ प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना
शुक्रबार, असोज १९, २०८०
1696502189.jpg)
सरकारसँग सर्वोच्चले माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण
बिहीबार, असोज १८, २०८०
न्यायाधीश मनोजकुमार शर्माको इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ। चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।

ग्वार्कोको ‘फ्लाइ ओभर’ समयमै सकाउन अहिले दैनिक २१ घण्टासम्म काम
बिहीबार, असोज १८, २०८०
फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई/तीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उहाँले बताउनुभयो ।
नेपालगञ्जमा दिउँसोको लागि कर्फ्यु हट्यो, राति फेरि लाग्ने
बिहीबार, असोज १८, २०८०
कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ

आजदेखि मौसममा सुधार, दुई तीन दिन हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षा नहुने
बिहीबार, असोज १८, २०८०

नेपालगञ्जमा कर्फ्युका कारण अलपत्र परेका जमुनाहा नाकाका नेपालीलाई गन्तव्य तर्फ पठाउन शुरु
बुधबार, असोज १७, २०८०
कर्फ्यु पछि नेपालगञ्ज बजार बिहानै देखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो मङ्गलवार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र अनिश्चितकालीन कपर्यु जारी गरेको छ ।
1696415769.jpg)
धर्मगुरु श्री निवास आचार्यलाई बिना सर्त रिहा गर्न साधुसन्तको माग
बुधबार, असोज १७, २०८०
असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्याली कार्यक्रममा धर्मगुरु श्री निवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए ।
आमरण अनशन थालेकी भारती सर्वोच्च परिसरमै ढलिन, उपचारका लागि वीर अस्पताल लगियो
बुधबार, असोज १७, २०८०
आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि उनी त्यसको प्रतिपादमा आजबाट अनसन बसेकी हुन् ।

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बुधबार, असोज १७, २०८०
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
1696405262.jpg)
रिगललाई जेलमै राख्नुपर्ने माग सहित भारतीले शुरु गरिन् अनशन
बुधबार, असोज १७, २०८०
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर ३ वर्ष देखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।
साताको लोकप्रीय