छात्राहरु माथि यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ
बुधबार, मंसिर २७, २०८०

प्रहरीको गोली लागेर घाइते भएका अविनास राईसँग दुईवटा गोली सहितको पेस्तोल र आधा किलो 'आइस' ड्रग बरामद
मंगलबार, मंसिर २६, २०८०
उदयपुर घर भएका ४५ वर्षीय राई 'आइस' ड्रगका मुख्य कारोबारी भएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो। बरामद लागुऔषधको अवैध बजार मूल्य करिब ५५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

ललितपुरको धोबिघाटस्थित ठाडो ढुंगामा गोली चल्यो, एक पक्राउ
मंगलबार, मंसिर २६, २०८०
ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।
बिरामी बोकेको एम्बुलेन्सबाट २ किलो ८ सय ग्राम लागुऔषध चरेस सहित चालक पक्राउ
सोमबार, मंसिर २५, २०८०
एम्बुलेन्समा चरेस ल्याएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले चरेस सहित चालकलाई पक्राउ गरेको उनले बताए।
पोखराबाट बस चोरेर चितवन पुर्याएका १७ वर्षका किशोर पक्राउ
सोमबार, मंसिर २५, २०८०
तनहुँको म्याग्दे गाउँपालिका-३ बस्ने ती किशोर पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरी लैजाने क्रममा चितवनबाट पक्राउ परेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

विराटनगरका युवकमाथि भारतमा गोली प्रहार
सोमबार, मंसिर २५, २०८०
आइतबार अपराह्न भारत गएका निर्दोषलाई साँझ घर फर्किदा भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो ।

हातहतियार सहित ४ जना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र २ नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अवैध लागूऔषध ब्राउन सुगर सहित बर्दियाबाट ४ जना पक्राउ
बुधबार, मंसिर २०, २०८०
भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थ सहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

न्युरोडबाट अवैध ७ किलो सुन सहित 'न्यु ओमपर्ल गोल्ड प्रा लि' का सञ्चालक पक्राउ
बुधबार, मंसिर २०, २०८०
मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।

गौरीशंकर संरक्षण क्षेत्रमा बढ्दैछ कस्तुरीको बिना र यार्सागुम्बाको अवैध चोरी शिकारी
मंगलबार, मंसिर १९, २०८०
दोलखा प्रहरी र प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीले गरेको अनुसन्धानका क्रममा सुन तस्करहरुले सुन खरिद वापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको हो ।

कारागारबाट छुटेकै दिन ११ लाख पाउने लोभमा वृद्धाको हत्या
मंगलबार, मंसिर १९, २०८०
‘सँगै बसेर रक्सी खाए। जेल बसेर आएको मान्छेले हत्या पनि गर्न सक्छ भनेर भनेपछि पैसा दिन्छु ती महिलाको हत्या गर्दे भनेको भनेर बयान दिएको छ,’ एसपी मिश्रले बताए।
साताको लोकप्रीय