झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ
आइतबार, मंसिर ३, २०८०

नक्कली नोट सहित वीरगञ्जबाट २ जना पक्राउ
शुक्रबार, मंसिर १, २०८०
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाए पछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

बाँकेमा ज्यान मार्ने उद्योगमा फरार आकाश राना प्रहरीको गोली लागेर घाइते
शुक्रबार, मंसिर १, २०८०
कोहलपुरको चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला
शुक्रबार, मंसिर १, २०८०
६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा ३ दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।

मुगु सामूहिक हत्या प्रकरण : हत्यामा लुटपाटसँगै पारिवारिक रिसिइवी
शुक्रबार, कात्तिक २४, २०८०
हत्याको मुख्य योजना सुन लुट्ने भए पनि रिसइवी समेत भएको खुलेको छ। हत्यामा संलग्नमध्ये गोपाल बोहोरा र उनका दाइ श्रीदेवीका श्रीमान् दीपक सँगै वैदेशिक रोजगारीमा कतार गएका थिए । तर, उनीहरूले राम्रो काम नपाएपछि स्वदेश फर्किए।

मुगु सामूहिक हत्याका आरोपीलाई आज सार्वजनिक गरिँदै
शुक्रबार, कात्तिक २४, २०८०
पक्राउ परेका व्यक्ति मृतककै नातेदार, मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाही रहेको बताइएको छ ।

सामूहिक बलात्कार अभियोगमा २ कराते प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना
बुधबार, कात्तिक २२, २०८०
विराटनगर-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्। पीडित माथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए। त्यसपछि पीडितको अश्लील भिडिओ बनाई उनीमाथि पटक पटक जबरजस्ती...

कैलाली जिल्ला अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी
बुधबार, कात्तिक २२, २०८०
हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पेस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए ।
९ एमएमको अटोमेटिक पेस्तोल र २ लाख नगद सहित ३ जना सिराहामा पक्राउ
मंगलबार, कात्तिक २१, २०८०
उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ थान मोबाइल सेट र ४ लाख ६४ हजार ५ सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड समेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए।

श्रीमतीलाई खाल्डोमा गाडेर उजुरी दिने लालु विक प्रहरी हिरासतमा
सोमबार, कात्तिक २०, २०८०
हत्या पछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए ।

गोली प्रहार गरी प्रिन्सिपल स्वर्णकारको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ
बुधबार, कात्तिक १५, २०८०
मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।
साताको लोकप्रीय