Kath Khabar
शेयरबजारको बिश्लेषण गर्न अब बोर्डको लाइसेन्स लिनुपर्ने, निर्देशन लत्याए कैद र डेढ लाख जरिवाना !

काठमाडौं, जेठ ७ ।  छिमेकी मुलुकहरुमा शेयरबजारको बारेमा बिश्लेषण गर्दै टेलिभिजन तथा रेडियोमा अन्तरर्वाता दिन बिश्लेषकको रुपमा लाइसेन्स लिएको हुनुपर्छ । यहाँ भने शेयर बजारमा सानोतीनो लगानी गरेको आधारमा जो कोहि पनि बिश्लेषक बन्दै अन्तरर्वाता दिइरहेका हुन्छन् । अब भने बोर्डले त्यस्तो गर्नेलाई कार्वाहि गर्ने भएको छ । 

साथै अब शेयरबजारको बारेमा बिश्लेषण गर्नेहरुले अब धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भएको छ । अहिले शेयरबजारमा  आफुखुसी बिश्लेषक भन्दै आफुअनुकुल बजारको बिश्लेषण गर्नेहरु बढेको र तिनले बजारलाई प्रभाव पारेको भन्दै बोर्डले त्यसमा रोक लगाएको हो । अबदेखि बजारलाई प्रभाव पार्नेगरि बिश्लेषण गर्नेहरुलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने बोर्डले बताएको छ ।

 बिहिबार एक प्रेस बिज्ञप्ती मार्फत बोर्डले अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति मात्र  शेयर बजार र सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको समेत जानकारी गराएको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको बोर्डले बताएको छ । 

‘धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी संचालनबाट लगानीकर्ताको हित संरक्षण हुने हुनाले धितोपत्र बजारलाई प्रभावित पार्ने कार्यहरु हुन नदिन बोर्ड सचेत रहेको र त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकोले हाललाई त्यस्तो कार्य नगर्न नगराउन सबैलाई सूचित गरी सूचना प्रकाशन गरिएको छ ।' बोर्डले जारी गरेको  प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

विभिन्न व्यक्ति र समूहले शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न शेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराएकाले यस्तो निर्देशन दिन बाध्य भएको बोर्डको भनाई छ ।

‘निश्चित शेयरहरु किन्न उक्साउने वा नकिन्न अभिपे्ररीत गर्ने वा बजारको स्वतन्त्र रुपले संन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षहरुलाई एक सूचनामार्फत् सूचित गरिएको छ ।’ बोर्डल आफ्नो बिज्ञप्तीमा उल्लेख गरेको छ ।

यसअघि बिश्लेषक मात्रै होइन विभिन्न लगानीकर्ताहरुले पनि बजार प्रभाव पार्नेगरि आफ्ना अभिब्यक्ति दिइरहेका थिए । जुन पनि अब पुर्ण रुपमा रोकिनु पर्ने भएको छ । मनलाग्दी रुपमा खुलेका लगानीकर्ता समुहपन र बजार आफुअनुकुल बढाउने गरि अभिब्यक्ति दिनका लागि नै गठन भएका जस्ता देखिन्छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update