
काठमाडौं, जेठ ९ । नेप्से परिसुचक २८ सय अंकबाट पनि उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३२ दशमलव ८१ अंकले बढेर २८ सय २० अंकमा उक्लिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २३ अंकले बढेर पाँच सय सात दशमलव २० अंकमा उक्लिएको छ ।
नेप्सेमा आज सबै गरी दुुई सय २० वटा कम्पनीहरुको शेयर किनबेच भएको छ । जसबाट एक लाख २६ हजार एक सय २४ पटकको कारोबारमा दुुई करोड ५१ लाख ६३ हजार छ सय ६० कित्ता शेयर किनबेच भए भने कुुल कारोवार रकम ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार सात सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज कारोवार भएका १३ वटा समुह मध्ये निर्जिवन बीमा, होटल तथा पर्यटन र लघुवित्त समुहको सुचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक बढेको छ ।
आज कारोबार भएका कुल कम्पनीहरु मध्ये कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक आदिले कमाएकाछन् भने रुरु जलबिद्युुत कम्पनी, समता लघुुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा आदिले गुमाएकाछन् । यसैगरी आज नेपाल पुर्नबीमा कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, ज्योति विकास बैंक आदिको बढी रकम कारोवार भएकाछन् ।