Kath Khabar
नेप्सेमा पुुन नयाँ रेर्कड

काठमाडौ, जेठ १० । नेप्सेमा पुन नयाँ रेर्कड कायम भएको छ । आज सोमबार नेप्से तीन दशमलव सात अंकले बढेर २८ सय २३ दशमलव छ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स एक दशमलव ३१ अंकले बढेर पाँच सय आठ दशमलव ४९ अंकमा कायम हुुन पुुगेको छ । यसैगरी नेप्सेमा आज दुुई सय १६ वटा कम्पनीहरुको एक लाख ३६ हजार चार सय ९९ पटक शेयर किनबेच भएका छन् । जसबाट दुुई करोड ७१ लाख ४० हजार दुुई सय २० कित्ता शेयर खरिदबिक्री भएका छन् भने कुुल शेयर कारोवार रकम १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार एक सय ८८ रुपैयाँ पुुगेको छ । यो कारोवार हालसम्मकै उच्च हो ।

नेप्सेमा आज कारोवार भएका कुुल समुह मध्ये पाँच वटा उपसमुहको सुचक बढेका छन् भने आठ वटा समुहको सुचक घटेका छन् । जसमध्ये बाणिज्य बैंक, निर्जिवन बीमा, जलबिद्युुत, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक बढेका छन् भने बिकास बैंक, जीवन बीमा, फाईनान्स, लघुुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक र अन्य समुहहरुको सुचक घटेका छन् ।

कारोवार भएका कम्पनीहरु मध्ये आज बरुण हाईड्रो पावर कम्पनी, युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य बढेका छन् भने एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाईनान्स कम्पनी, सेन्ट्रल फाईनान्स कम्पनी आदिको शेयर मुल्य भने घटेका छन् । कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदिको बढी रकम कारोवार भएका छन् ।  

 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update