
काठमाडौं, जेठ ११ । साताको तेस्रो कारोवार दिन आज मंगलबार भने नेप्से घटेको छ । नेप्से आज छ दशमलव पाँच अंकले घटेर २८ सय १६ दशमलव ५६ अंकमा कायम रहदा सेन्सिटिभ पनि चार दशमलव ५१ अंकले घटेर पाँच सय तीन दशमलव ९९ अंकमा कायम रहन पुुगेको छ । दुुई सय १९ वटा कम्पनीहरुको आज एक लाख १२ हजार एक सय ४८ पठकको कारोवारमा दुई करोड ३४ लाख ६५ हजार छ सय ७५ कित्ता शेयर किनबेच भएको छ भने कुुल कारोवार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय आठ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएको छ । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, उत्पादन मुुलक, होटल तथा पर्यटन, अन्य र लगानी सहितका सात वटा समुहको सुचक घटेको छ भने ट्रेडिङ, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त र सामुुहिक लगानी कोष सहितका छ वटा समुहको सुचक बढेको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये बरुण हाईड्रो पावर कम्पनी, माउन्टेन हाईड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनी आदिको शेयर मुल्य बढेकोमा मल्टीपर्पोस फाईनान्स, मितेरी डेभपलमेन्ट बैंक, नेपाल फाईनान्स आदिको शेयर मुल्य भने घटेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण कावेली पावर लिमिटेड, एशियन लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।