Kath Khabar
उहाँले मसँग नक्सा माग्नु भयो, मैले नक्सा र डोजर लिएर गए, मैले के बिराए – प्रमुख बालेन्द्र साह
तस्विर: बालेन्द्र साहको फेसबुक पेज

 

          काठमाडौं, भदौ ९। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि महानगर प्रमुख साहले, उहाँले मसँग नक्सा माग्नु भयो मैले नक्सा र डोजर सँगै लिएर आए भन्नुभएको छ । उहाँले सबैले आफै बुझेर अवैध संरचना हटाइदिन अनुरोध गर्दै भन्नुभएको छ -

"उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला ।
अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको निश्चित भएपछि महानगरले डोजर चलाएको हो ।"

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update