Kath Khabar
नेप्सेले तोड्यो यसअघिको उच्च कारोवार रकमको रेकर्ड

काठमाडौं, जेठ १३ । नेप्सेले यसअघि कारोवार भएको उच्च रकमको रेर्कड तोडेको छ । यसअघि अर्थात सोमबार एकैदिन १३ अर्ब १७ करोडको कारोवार भएको रेर्कड बनाएको नेप्सेमा आज बिहिबार भने यस्तो कारोवार रकम १४ अर्ब नाघेको छ । नेप्सेमा दुुई सय १५ वटा कम्पनीहरुको एक लाख ४७ हजार चार सय ९३ पटकको कारोवारमा चार करोड १८ लाख १३ हजार नौ सय ९४ कित्ता शेयर किनबेच भएको छ भने कुुल शेयर कारोवार रकम १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार चार सय ९२ रुपैयाँ पुुगेको छ । 

कारोवार रकम उच्च भएपनि नेप्से भने आज एक दशमलव दुई अंकले घटेर २८ सय १५ दशमलव ३९ अंकमा कायम भएको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव २८ अंकले घटेर पाँच सय तीन दशमलव ७० अंकमा कायम हुुन पुुगेको छ । नेप्सेमा आज १३ ओटा समुहरुको कारोवार भएकोमा छ ओटा समुहको सुचक घटेर बाँकी सात ओ टा समुहरुको सुचक बढेकाछन् । जसअनुसार वाणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लघुुवित्त, अन्य र लगानी समुहको सुचकहरु घटेकाछन् भने विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहरुको सुचक बढेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये खानीखोला हाईड्रो पावर कम्पनी, युुनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदिले कमाए भने मेरो लघुुवित्त वित्तीय संस्था, समता लघुवित्त वित्तीय संस्था, गुराँस लघुुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । कारोवार भएको रकमका आधारमा भने आज अपी पावर लिमिटेड, युनाईटेड मोदी हाईड्रो पावर लिमिटेड, चिलिमे हाईड्रो पावर लिमिटेड आदि परेकाछन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update