
काठमाडौं, भदौ २१। साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन नेप्से घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से आज पुन २१ दशमलव २२ अंकले घटेर १९ सय ५१ दशमलव ७९ अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ८९ अंकले घटेर तीन सय ७९ दशमलव पाँच अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरूको २४ हजार छ सय २२ पटकको कारोबारमा ३२ लाख नौं हजार नौं सय ८३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सानिमामाई हाइड्रो पावर कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, सानिमामाई हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, रिडी हाइड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, शिवम् सिमेन्ट आदि पहिलो स्थानमा परेको छ ।