
काठमाडौं, जेठ १६ । बजेट घोषणापछिको पहिलो कारोवार दिन नेप्सेले सबै रेर्कड तोडेको छ । यसअघि नेप्सेमा १५ अर्ब रुपैयाँसम्मको कारोबार भएकोमा आज आईतबार भने नेप्से सुचक तथा कारोबार रकम दुबैले नयाँ रेर्कड बनाएका हुुन । नेप्से आज १२ दशमलव ५४ अंकले बढेर २८ सय २७ दशमलव ९३ अंकमा कायम रहंदा सेन्सिटिभ पनि तीन दशमलव ३५ अंकले बढेर पाँच सय सात दशमलव पाँच अंकमा कायम रहन पुुगेको छ ।
सोही आधारमा नेप्सेमा आज दुुई सय १९ ओटा कम्पनीहरुको एक लाख ७३ हजार पाँच सय ३७ पटक शेयर किनबेच भएको छ । जसबाट चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता शेयर किनबेच हुँदा कारोवार रकम १७ अर्ब दुुई करोड ८४ लाख ३२ हजार दुई सय ४५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा १३ ओटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहको सुचक बढेछाछन् भने जलबिद्युुत, लघुवित्त, ट्रेडिङ, उत्पादन मुुलक, अन्य र लगानी उपसमुहहरुको सुचक घटेकाछन् ।
कारोबार भएका कुुल कम्पनीहरु मध्ये आज ज्योति विकास बैंक, अरुण खोला जलबिद्युुत कम्पनी, खानी खोला हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी आदिको प्रतिकित्ता शेयर मूुल्य बढेकाछन् भने माउन्टेन हाईड्रो पावर कम्पनी, बरुण हाईड्रो पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज कारोवार भएका कुुल कम्पनीहरु मध्ये नेशनल हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएकाछन् ।