Kath Khabar
कारोबार रकम पनि १३ अर्ब ९० करोडमा खुम्चियो

काठमाडौं, जेठ १७ । अघिल्लो दिन उच्च अंकले बढेर नयाँँ रेर्कड बनाएको नेप्से सूचक तथा कारोबार रकम आज सोमबार घटेको छ । नेप्से आज ४५ दशमलव २५ अंकले घटेर २७ सय ८२ दशमलव ६८ अंकमा सिमित हुुँदा सेन्सिटिभ पनि छ दशमलव ५८ अंकले घटेर पाँच सय दशमलव ४७ अंकमा सिमित हुुन पुुगेको छ ।

 नेप्सेमा आज दुुई सय १८ ओटा कम्पनीहरुको एक लाख ४८ हजार सात सय १५ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज तीन करोड आठ लाख ८८ हजार छ सय ९५ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम १३ अर्ब ९० करोड ९१ लाख १३ हजार दुुई सय ९१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज कारोबार भएका कुुल १३ ओटा समुहहरु मध्ये सामुहिक लगानी कोष समुहको सुचक झिनो अंंकले बढेपनि होटल तथा पर्यटन, फाईनान्स, लघुुवित्त, सामुुहिक लगानी कोष, वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, ट्रेडिङ, निर्जिवन बीमा, जीवन बीमा, उत्पादन मूलक, अन्य र लगानी समुहहरुको सूचक घटेको छ ।

कारोबार भएका कुुल कम्पनीहरु मध्ये राधी जलबिद्युुत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, सेन्ट्रल फाईनान्स कम्पनी आदिको शेयर मूल्य बढेको छ भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, बरुण हाईड्रो पावर कम्पनी, माउन्टेन हाईड्रो पावर कम्पनी आदिको शेयर मूल्य भने घटेको छ । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने राधी जलबिद्युुत कम्पनी, लुुम्बिनी विकास बैंक, ज्योति विकास बैंक आदि परेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update