Kath Khabar
यस्तो रह्यो, आज मंगलबारको शेयर कारोबार 

काठमाडौं, जेठ १८ । शेयर लगानीकर्ताहरुको लागि आज मंगलबार खासै सुखद देखिएन । नेप्से सूचक तथा कारोबार रकम दुबै घट्दा लगानीकर्ताहरु सुखद नदेखिएका हुुन् । नेप्से आज ११ दशमलव ६८ अंकले घटेर २७ सय ७१ दशमलव १५ अंकमा सिमित रहँदा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६९ अंकले घटेर चार सय ९६ दशमलव ८६ अंकमा सिमित हुुन पुुगेको छ । 

नेप्सेमा दुई सय १६ ओटा कम्पनीहरुको मात्र शेयर किनबेच भएकाछन् । जस अन्तर्गत ९८ हजार छ सय सात पटकको कारोबारमा एक करोड ९७ लाख ८३ हजार तीन सय ५४ कित्ता शेयर किनबेच भएकाछन् भने कुुल शेयर कारोबार रकम आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार एक सय १७ रुपैयाँमा खुम्चिएको छ ।

नेप्सेमा आज १३ ओटा समुहको कारोबार भएकोमा वाणिज्य बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, लघुुवित्त, सामुुहिक लगानी कोष र लगानी सहितका १० ओटा समुहको सूचक घटेकाछन् भने विकास बैंक, फाईनान्स र अन्य समेत गरी तीन ओटा समुहको सूचक बढेकाछन् ।

कारोबार भएका कुुल कम्पनीहरु मध्ये आज कालिका पावर लिमिटेड, लुुम्बिनी विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेपनि दिब्येश्वरी हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी, पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी, अरुण खोला जलबिद्युुत कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी आज कारोबार भएका कुुल कम्पनीहरु मध्ये नेपाल पुर्नबीमा कम्पनी, लुम्बिनी विकास बैंक, राधी जलबिद्युुत कम्पनी आदिको बढी रकम कारोबार भएकाछन् ।  

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update